+
+

गठबन्धनलाई हराउँदै कलैयाको मेयर र उपमेयरमा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते २०:१६

६ जेठ, बारा । सत्ता गठबन्धनको उम्मेदवारलाई हराउँदै बाराको कलैया उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयरमा विनोद साह र उपमेयरमा रौशन परविन निर्वाचित भएका हुन् ।

साहले २४ हजार १३९ मत ल्याएर विजयी हुँदा पाँच दलीलय सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका राजेशराय यादवले १८ हजार ५४० मत ल्याए ।

उपमेयरमा निर्वाचित परविनले १९ हजार २५१ मत प्राप्त गरी विजयी हुँदा गठबन्धनबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टी (जसपा) का प्रमोद गुप्ताले १८ हजार ३०२ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?