
६ जेठ, सिरहा । सिरहाको औरही गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा जनता समाजवादी पार्टी जसपाका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा निर्वाचित शिवजी यादवले ३ हजार ४६० मत पाए । उनका निकटम प्रतिद्वन्द्वी नृकपा माओवादी केन्द्रका सिद्धार्थ यादवले २ हजार ८४ मत पाए ।
यस्तै उपाध्यक्षमा रेणुकुमारी यादव ३ हजार ५५६ मतसहित विजयी भइन् । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी विनिता कुमारी यादवले २ हजार ७८ मत पाइन् ।
गाउँपालिका अध्यक्षमा निर्वाचित सिवजी २०७४ सालमा ६ मत अन्तरले पराजित भएका थिए ।
औरहीको वडा नम्बर १, ३ र ५ मा जसपा, २ मा नेकपा एमाले र ४ मा माओवादी केन्द्रवाट वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4