+
+

महिला टी-२० अन्तर्राष्ट्रिय : नेपालले टस हारेर ब्याटिङ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ७ गते १३:२४

७ जेठ, काठमाडौं । महिला टी-२० अन्तर्राष्ट्रिय सिरिजको पाचौं तथा अन्तिम खेलमा नेपालले युगान्डा विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्न लागेको हो ।

पानी परेर मैदान भिजेका कारण खेल केही ढिला सुरु हुने भएको छ । सिरिजको अन्तिम खेलमा नेपालले सरिता मगरलाई बेन्चमा राखी कविता जोशीलाई टिममा राखेको छ ।

नेपालको प्लेइङ ११ : रुविना क्षेत्री (कप्तान), ज्योति पाण्डे , सीता राना मगर, इन्दु बर्मा, अप्सरी बेगम, अस्मिना कर्माचार्य, कविता कुँवर, कविता जोशी, विन्दु रावल, हिरनान्माये रोय र डली भट्ट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?