+
+

धनुषाको क्षिरेश्वरनाथको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १२:००
मेयरमा निर्वाचित सुखदेव यादव

८ जेठ, काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा एमालेका सुखदेव यादव र उपमेयरमा कांग्रेसकी रचना श्रेष्ठ निर्वाचित भएका छन् ।

मेयरमा निर्वाचित यादवले ७ हजार ९१३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका योगेन्द्र पजियारले ७ हजार ३०० मत ल्याए । नेपाली कांग्रेसका धनुषाका अध्यक्ष समेत रहेका पजियार क्षिरेश्वरनाथ नगरपालिकाको निवर्तमान मेयर पनि हुन् ।

उपमेयरमा निर्वाचित श्रेष्‍ठले ७ हजार ५५० मत ल्याउँदा एमालेकी सालिनी चौधरीले ७ हजार ५११ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?