+
+

नेपालगञ्ज उपमहानगरपालिकाको सपथ ग्रहणमा अपमान गरेको जनप्रतिनिधिको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १२:३८

८ जेठ, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा आफूहरुलाई अपमान गरेको केही जनप्रतिनिधिहरुले आरोप लगाएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले राखेको स्वागत तथा सपथ ग्रहण कार्यक्रमको प्रक्रिया नमिलेको भन्दै २३ वडाध्‍यक्ष र अन्य निर्वाचित पदाधिकारीलाई सँगै सपथ नगराई यथास्थानमा बसालेर अपामान शैलीमा सपथ ग्रहण गराएको जनप्रतिनिधिले आरोप लगाएका हुन् ।

यस्तै कार्यक्रममा ब्यानरसमेत नराखिएको र जनप्रतिनिधिलाई उपेक्षा गरेको भन्‍दै एमालेसहितका केही दलका जनप्रतिनिधिले सपथ ग्रहण कार्यक्रममार्फत अपमानित गरिएको वडा नम्बर ६ का वडाअध्यक्ष समिर प्रताप सिंहले बताए ।

उनीसँगै उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, वडा नं १८ का अध्यक्ष दिपक बर्मा लगायत नवनिर्वाचित वडा सदस्यले सपथ कार्यक्रममा मनोमानी चलेको आरोप लगाए ।

कार्यक्रममार्फत नेपालगञ्ज उपमहानगरपालिकाका नव निर्वाचित मेयर प्रशान्त बिष्ट र उपमेयर कमरुद्दिन राईले सपथ लिएका छन् । मेयर बिष्टलाई बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले सपथ दिलाएका हुन् ।

त्यसपछि मेयर बिष्टले उपमेयर कमरुद्दिन राईसहित नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ ग्रहण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?