
८ जेठ, नेपालगञ्ज । नेपालगञ्जका नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्टले आइतबार पदभार ग्रहण गरेका छन् । नगर प्रमुखको जिम्मेवारी सम्हालेको पहिलो दिन आइतबार विष्टले आठ वटा निर्णय गरेका छन् ।
उनले नगर कार्यपालिकाको कार्यालयमा असक्त, जेष्ठ नागरिक र अपाङ्गता भएका सेवाग्राहीलाई सेवा लिन सहज हुने गरी अपाङ्गमैत्री कार्यालय भवन बनाउने निर्णय गरेका छन् ।
यस्तै भेरी अस्पतालमा रहेको विरामी र कुरुवाको खाना व्यवस्थापन गर्दै आएको अन्जनी माता रसोई घरलाई आर्थिक वर्षबाट मासिक थप ५० हजार दिने, सामाजिक सुरक्षा भत्ता वितरणका लगि घुम्ती बैकिङ सेवा सञ्चालन गर्ने, अपाङ्गता भएका व्यक्तिको भत्ता वडा कार्यालयबाटै वितरण गर्ने उनले निर्णय गरेका छन् ।
यस्तै नेपालगन्ज उपमहानगरपालिकामा दुग्धजन्य वस्तु मासुमा आत्मनिर्भर हुन कृषकहरुलाई पशुपालनमा प्रोत्साहन गर्ने, घरधनी वा व्यवसायी आफैंले फोहोरको वर्गीकरण गरी नगरपालिकाबाट खटिने सरसफाइकर्मीलाई उपलब्ध गराउन उत्प्रेरित गर्ने, प्राथमिक तहका लागि स्थानीय भाषामा पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याइने र नगरभित्रका सम्पूर्ण नाला तथा ढलहरुको सरसफाइ तत्काल गर्ने पनि उनले निर्णय गरेका छन् ।
प्रतिक्रिया 4