+
+

अमेरिकामा सकेसम्म धेरै खेल जित्नेछौं : कप्तान सन्दीप

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १७:५३

८ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले अमेरिकामा हुने आईसीसी क्रिकेट विश्वकप लिग टू शृंखलामा सकेसम्म धेरै खेल जित्ने बताएका छन् ।

२५ जेठदेखि १ असारसम्म अमेरिकामा नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय श्रृङ्खला हुँदैछ । जसमा नेपालले दुवै टिमसँग दुई दुई खेल खेल्नेछ ।

लिग टू मा यसअघि यी तीन टिमले नेपालमा २०२० मा खेलेका थिए । यस्तै २०२१ मा यी तीन टिमले ओमानमा खेलेका थिए । नेपाल क्रिकेट संघ क्यानले आईतबार नेपाल र अमेरिकाबीच कुटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठको अवसरमा लिग टू बारे जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

जसमा सन्दीपले अमेरिकामा हुने टुरका लागि उत्साहित रहेको र सकेसम्म धेरै खेल जित्ने बताए । ‘अमेरिकामा सक्दो बढी खेल जित्ने प्रयास गर्नेछौं’, सन्दीपले भने ।

सन्दीपले आफ्ना क्रिकेट जर्नीको बारेमा संक्षिप्त जानकारी गराउँदै यसअघि अमेरिकाले भिसा नदिएको समेत स्मरण गरे ।

यस्तै प्रशिक्षक पुबुद दासानायकेले आफू नेपाल र अमेरिका दुवै टिमको प्रशिक्षक रहिसकेको बताउँदै नेपालको लागि यो राम्रो अवसर हुने विश्वास जनाए ।

उनले लिग टू सन् २०२३ को विश्वकपको छनोटको आधार रहेको बताउँदै अमेरिका टुरका लागि उत्साहित रहेको बताए ।

उनले भने, ‘हामी मुख्य प्रतियोगिता भन्दा अघि जान्छौं। नेपाली समुदायले केही अभ्यास खेल आयोजना गर्दैछन् । हामी राम्रो टुरको लागि अगाडी हेरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?