+
+

कञ्चनपुरको भीमदत्तको मेयर र उपमेयरमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते ८:१४

९ जेठ, महेन्द्रनगर । भीमदत्त नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका पदम बोगटी र उपमेयरमा निलम लेखक विजयी भएकी हुन् ।

मेयरमा बोगटीले १५ हजार ८८२ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका महेशप्रसाद पन्तले ८१७९ मत पाउँदा राप्रपाका गजेन्द्रबहादुर चन्दले ७१०५ मत ल्याए । एकीकृत समाजवादीका राजेन्द्र पाण्डेयले ३४५२ मत मात्रै ल्याए ।

मेयरमा  कांग्रेसका बोगटीले निकटतम् प्रतिस्पर्धी एमालेका पन्तभन्दा ७७०३ मतान्तरले विजयी भएका हुन् । बोगटी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका सुरेन्द्र बिष्टसँग १६६ मतले पराजित भएका थिए ।

उपमेयरमा कांग्रेसकी निलम लेखक १२ हजार २१६ मत ल्याउँदै विजयी भइन् । उनका प्रतिस्पर्धी नेकपा माओवादीका कृष्णदत्त जोशीले १० हजार ५९६ मत ल्याउँदा एमालेकी भुवन कुवँरले ७९९० र राप्रपाकी हेलन श्रेष्ठले ४७७२ मत प्राप्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?