
९ जेठ, काठमाडौं । नेपाली कांग्रेसको आज दिउँसो पत्रकार सम्मेलन गर्दैछ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन र त्यसको परिणामबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको हो ।
पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।
पार्टीका प्रवक्ता प्रकाशशरण महतको उपस्थितिमा हुने पत्रकार सम्मेलनमा आगामी कार्यक्रम र योजनाका बारेमा समेत जानकारी दिइने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4