+
+

नाडाको कार्यसमिति बैठक रारामा 

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते १३:०४

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको कार्यसमिति बैठक रारामा बसेको छ । एशोसिएसनले शुक्रबार बिहान २ हजार ९९० मिटरको उचाइमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको जानकारी गराएको छ ।

कर्णालीको विकट जिल्लामा रहेको मनोरम रारामा कार्यसमिति बैंठक राख्दै नाडाले आन्तरिक पर्यटन विस्तारमा सन्देश प्रदान गर्न खोजेको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बताए । आवश्यक पूर्वाधार विकास हुन नसक्दा कर्णाली प्रदेश पछाडि परेको उनको भनाइ छ । ‘देशमा पूर्वाधार निर्माणमा राज्यले थप लगानी गर्दै यातायात सञ्जालमा रारालाई छिट्टै जोड्नु पर्ने देखियो’ उनले भने ।

बैंठकसँगै कर्णाली प्रदेशको कर्णाली अटोमोबाइल्स एशोसिएसनसँग पनि रारा तालको परिसरमा अन्तरक्रिया कार्यक्रम आयोजना भएको थियो । सो अन्तरक्रिया कार्यक्रममा कर्णाली अटोमोबाइल्स एशोसिएसनका अध्यक्ष भद्र भण्डारीले यातायात पूर्वाधार निर्माण लगायत प्रदेश सरकार र केन्द्र सरकारको पहलमा ‘स्पेशल अटो जोन निर्माण’, व्यवसायीको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन र अन्तर प्रदेश सम्बन्ध लगायतका विषयमा आफ्नो धारणा राख्नु राखे ।

अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नको जवाफ दिंदै नाडाका अध्यक्ष थापाले बजेट निर्माणको समयमा पनि धेरै विषयमा आफूहरुले सरकारलाई लिखित रुपमा सुझाव दिएको जानकारी गराए । कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलालले नाडा बलियो बनाउन स्थानीय स्तरबाटै आउने समस्या समाधान गर्दै जानु पर्ने धारणा राखे ।

यसैगरी नेपालगञ्ज आसपासमा रहेका अटोमोवाइल क्षेत्रका समस्याको विषयमा शनिबार नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको संस्थाले जनाएको छ । नाडाले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशमा रहेर पर्यटकको ओसार पसारमा काम गर्ने पदमबहादुर रावललाई आर्थिक सहयोग गरेको छ । रावलका दुई बच्चाको अध्ययनका लागि नगद रु. १५ हजार रुपैयाँ समेत प्रदान गरिएको छ । नाडाका सदस्यले निजको परिवारका सदस्यलाई काठमाडौं वा जनकपुरमा रोजगारी दिने प्रतिवद्धता समेत व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?