+
+

सूर्य नेपाल प्रिमियर गल्फको पहिलो दिन अमेच्योर वांग्चेनलाई अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते १९:११

९ जेठ, काठमाडौं । एमेच्यो वांग्चेन डोन्डुपले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन अग्रता लिएका छन् ।

सोमबारदेखि सुरु भएको सिजनको अन्तिम प्रतियोगितामा वांगचेनले पहिलो दिन सात अन्डर ६५ स्कोर गर्दै भुवन नगरकोटी, रवि खड्का र निरज तामाङमाथि ३ स्ट्रोकको अग्रता बनाए । भुवन, रवि र निरजले पहिलो दिन चार अन्डर ६८ स्कोर गरे ।

वांग्चेनले फ्रन्ट नाइनमा ६ अन्डर ३० र ब्याक नाइनमा एक अन्डर ३५ स्कोर गरेका थिए ।

यस्तै शुक्र बहादुर राई, अमेच्योर सद्भव आचार्य र महेन्द्र फगामीले समान तीन अन्डर ६९ स्कोर गरे । रामे मगर र १३औं सागमा दोहोरो स्वर्णधारी सुवास तामाङले दुई अन्डर ७० स्कोर गरे ।

प्रतियोगितामा ४३ व्यवसायिक र ११ अमेच्योर गरी कूल ५४ खेलाडी सहभागी छन् । प्रतियोगिताको कुल पुरस्कार राशी १४ लाख ६१ हजार रहेको छ भने विजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् ।

यस्तै उपविजेताले १ लाख ५५ हजार र तेस्रो हुने १ लाख १० हजार पाउनेछन् । यस प्रतियोगिता सिजनकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?