+
+

स्पन्ज आइरन निर्यातमा भारतले बढायो ५० प्रतिशतसम्म कर

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १२:४९

१० जेठ, काठमाडौं । भारत सरकारले आफ्नो मुलुकबाट निर्यात हुने स्पन्ज आइरन (फलामको प्रशोधित कच्चा पदार्थ) को निर्यातमा भारी कर वृद्धि गरेको छ ।

आफ्नो मुलुकमा हुने यस्ता वस्तुको आयातका लागि लाग्दै आएको भन्सार महसुल शून्यमा झार्दै भारतले निर्यातमा भने ३० प्रतिशतबाट ५० प्रतिशत पुर्‍याइएको रोयटर्सले जनाएको छ ।

भारतीय स्टिल्स उद्योग एशोसिएसनको आग्रहमा गत शनिबार भारत सरकारले निर्यातमा कर वृद्धिको निर्णय गरेको इकोनोमिक्स टाइम्सले जनाएको छ ।

रुस र युक्रेन युद्धका कारण विश्व बजारमा स्टिल्सको अभाव हुन सक्ने भन्दै भारतमा उत्पादन वृद्धि गर्न यस्तो निर्णय गरिएको इकोनोमिक्स टाइम्सले जनाएको छ ।

भारतको यस्तो निर्णयले नेपालमा स्पन्ज आइरन आयात गरेर तयारी बिलेट उत्पादन गर्ने उद्योगहरु प्रभावित हनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?