+
+

सेन्ट लरेन्सका शिक्षकविरुद्ध ३ जनाले दिए किटानी जाहेरी, २ शिक्षक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १६:२९

१० जेठ, काठमाडौं । शिक्षकले बालयौन दूराचार गरेको भन्दै काठमाडौं चावहिलको सेन्ट लरेन्स कलेजका ३ विद्यार्थीले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

शिक्षकहरु जनार्दन अधिकारी र राजनकुमार पौडेलले बोलेर र छोएर बाल यौन दूराचार गरेको भन्दै उनीहरुले प्रहरी वृत्त गौशालामा जाहेरी दिएका हुन् ।

विद्यार्थीको जाहेरीका आधारमा शिक्षकहरु अधिकारी र पौडेललाई पक्राउ गरिएको गौशाला वृत्तका डीएसपी केशव भट्टराईले जानकारी दिए । उनका अनुसार ३ विद्यार्थीले दिएको जाहेरी अनुसार शिक्षकहरुविरुद्ध बाल यौन दूराचार मुद्दामा अनुसन्धान भइरहेको छ ।

विद्यार्थीहरुले आरोपित शिक्षकलाई कारबाहीको माग गर्दै प्रहरी वृत्त गौशालाबाहिर नाराबाजी र प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?