+
+

चक्रपथबाहिर र भक्तपुरमा पनि मेलम्चीको पाइप विस्तार हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १७:१९

१० चैत, काठमाडौं । आगामी वर्षदेखि काठमाडौं उपत्यकाको चक्रपथबाहिर र भक्तपुरको अरनिको राजमार्ग वरिपरिका स्थानमा खानेपानीको पाइप बिछ्याउन थालिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९्/२०८०को नीति तथा कार्यक्रममा मेलम्ची जलाधारको भौगोलिक र नदी आकृति विज्ञानको अध्ययन प्रतिवेदनको आधारमा मेलम्ची खानेपानी आयोजनाको दिगो पानी पथान्तरणको लागि निकायगत समन्वय गर्ने घोषणा भएको छ ।

पानीको सतह तथा भूमिगत स्रोत संरक्षण गर्दै जनतालाई खानेपानीको आपूर्तिको दिगो व्यवस्था मिलाउने नीति लिने सरकारी योजना छ ।

काठमाडौं उपत्यकाभित्रका जलाधार संरक्षण गर्दै खानेपानी आपूर्ति सुनिश्चित गर्न थप स्रोतको अध्ययन गरिने भएको छ । महादेव खोलामा बहुउद्देश्यीय खानेपानी आयोजनाको निर्माण कार्य प्रारम्भ गर्ने योजना छ ।

प्रत्येक स्थानीय तहमा प्रशोधित ढलसहितको फोहर पानी व्यवस्थापन गर्ने सुविधा पुर्‍याउने नीति सरकारको छ ।

त्यस अन्तर्गत यो वर्ष कम्तीमा १ सय स्थानीय तहलाई सरसफाइ गुरुयोजना तयार गर्न सहयोग गरिने भएको छ । विभिन्न १२ सहरमा एकीकृत खानेपानी र फोहोरपानी प्रशोधनको विस्तृत अध्ययन गर्ने सरकारी योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?