+
+

नेपाली औषधि उत्पादन क्षमतामा वृद्धि गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १७:२६

१० चैत, काठमाडौं । सरकारले नेपाली औषधिको उत्पादनमा क्षमतामा वृद्धि गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले नेपाली औषधि उत्पादकहरुको उत्पादन क्षमता वृद्धि गरि औषधिको आपूर्तिमा सुधार गरिने बताइन् ।

हालसम्म नेपाली औषधि बजारको हिस्सा ४५ देखि ५० प्रतिशत सम्म रहेको छ । राष्ट्रपति भण्डारीले भनिन्,‘आधारभुत र जीवन रक्षक औषधि, अक्सिजन, खोप तथा औषधिजन्य सामग्री उत्पादनलाई थप प्रोत्साहन गरिने छ । नेपाली औषधि उत्पादकहरुको उत्पादन क्षमता वृद्धि गसरि औषधिको आपूर्तिमा सुधार गरिने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?