+
+

सूर्य नेपाल प्रिमियर गल्फः दोस्रो दिन निरजको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १८:५८

१० जेठ, काठमाडौं । सूर्य नेपाल गल्फ टूर अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगिताको दोस्रो दिन निरज तामाङले अग्रता बनाएका छन् ।

१३औं दक्षिण एसियाली खेलकदुमा टिम इभेन्टतर्फ स्वर्ण विजेता निरजले समग्रमा १२ अण्डर १३२ को स्कोरसहित पहिलो दिन अग्रता लिएका ढोण्डुप बांग्चेन र शुक्रबहादुर राईलाई दुई स्ट्रोकले पछि पारे ।

१० अण्डर १३४ स्कोरसहित शुक्र र ढोण्डुप संयुक्त रुपमा दोस्रो स्थानमा छन् । नम्बर एक प्रो गल्फर बन्ने लक्ष्यमा रहेका शुक्रले दोस्रो दिन ७ अण्डर ६५ स्कोर गरे ।

पहिलो दिन शीर्ष स्थानमा रहेका ढोण्डुपले ३ अण्डर ६९ को स्कोर गरे । युवा एमेच्योर गल्फर सद्भाव आचार्यले करिअरकै उत्कृष्ट ६ अण्डर ६६ सहित समग्रमा ९ अण्डर १३५ को स्कोरसहित चौथो स्थान तय गरे ।

समग्रमा ८ अण्डर १३६ को स्कोर गरेका नेपाल नम्बर एक भुवन नगरकोटी पाँचौं स्थानमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?