+
+

विद्यार्थी संगठनले गरे आयल निगम घेराउ (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १२:५८

११ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ र विपक्षी दलका विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनले निगममा घेराउ गरेका हुन् ।

निगमको कार्यालय पुगेका नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी लगायत सत्तारुढ दल र विपक्षी दलका विद्यार्थीहरूले मूल्य वृद्धि खारेज गर्नुपर्ने र निर्देशकको राजीनामा समेत माग गरेका छन् ।

आइतबार रातिदेखि लागु हुनेगरी सातामै दोस्रो पटक नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको थियो ।

आइतबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको थियो भने खाना पकाउने एलपी ग्याँसको मूल्य सिलिन्डरमा २०० रुपैयाँले बढेको थियो ।

अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पुगेको छ भने मट्टीतेल र डिजलको १६३ रुपैयाँ तथा एक सिलिन्डर ग्याँसको मूल्य १८०० रुपैयाँ तोकिएको छ ।

तस्वीर  : आर्यन धिमाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?