+
+

राष्ट्रिय गौरव र महत्वका परियोजना सुस्त गतिमा

अच्युत पुरी अच्युत पुरी
२०७९ जेठ ११ गते १९:४९
फाइल तस्वीर

११ जेठ, काठमाडौं । सरकारले ‘राष्ट्रिय गौरव’, ‘रुपान्तरणकारी’ र ‘राष्ट्रिय महत्व’का भनि परिभाषित गरेका आयोजनाको गति भने सुस्त रहेको स्वयं सरकारी प्रतिवेदनले देखाएको छ ।
नेपालमा राष्ट्रिय गौरवका २४ र रुपान्तरणकारी आयोजनाको संख्या १८ वटा रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को चैतसम्मको विवरणमा आधारित रहेर गरेको अध्ययन अनुसार राष्ट्रिय गौरव र महत्वका अधिकांश आयोजना कछुवा गतिमा छन् । कार्यालयले यी ४२ सहित कुल ६३ आयोजना समेटेर अध्ययन गरेको प्रतिवेदनमा उल्लेख छ ।

खासगरी पूँजीगत बजेटको ठूलो हिस्सा ओगट्ने आयोजनाहरु छनोट गरी अध्ययन गरिएको कार्यालयले जनाएको छ ।

तथ्यांक पाउनै मुस्किल

राष्ट्रिय बजेटमा ठूलो हिस्सा ओगट्ने, महत्वपूर्ण र विषय क्षेत्रगत नतिजा सूचक हासिल गर्न योगदान पुर्‍याउने आयोजनाको मासिक प्रगति लिन थालेका छ । यसका लागि अनलाइन अनुगमन प्रणाली समेत कार्यान्वयनमा ल्याइएको छ ।

प्रतिवेदन अनुसार ३३ वटा आयोजनाले मात्र चैतसम्मको मासिक प्रगतिसहितको विवरण प्रविष्ट गरेका छन् । ती ३३ वटा सहित ५९ वटा आयोजनाको वार्षिक लक्ष्यसहितको प्रगति उपलब्ध गराएका छन् । ४ वटा आयोजनाले भने कुनै पनि प्रगति विवरण कार्यालयलाई बुझाएका छैनन् ।

प्रतिवेदनमा भनिएको छ, ‘आयोजनालाई एकीकृत अनुगमन प्रणालीमा पूर्ण आवद्ध गराई प्रभावकारी रुपमा डेस्क मोनिटरिङ कार्यान्वयन गर्ने–गराउने सन्दर्भमा तोकिएको ढाँचामा आयोजनाले समष्टीगत प्रगति, मासिक प्रगति, ठेक्का सम्झौता, आइपरेका समस्या लगायत विवरण नियमित रुपमा प्रविष्टी नगरेको पाइयो ।’

समष्टीगत प्रगति पठाएका ३३ आयोजनाको गति कस्तो पाइयो ?

वार्षिक लक्ष्यको तुलनामा आयोजना
८० प्रतिशत भन्दा बढी प्रगति गर्ने आयोजना
५०–८० प्रतिशत प्रगति गर्ने आयोजना १८
५० प्रतिशत भन्दा कम प्रगति गर्ने आयोजना १०

चार आयोजनाले प्रगति नै पठाएनन्

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार कार्यालयको प्रणालीमा चार वटा ठूला आयोजनाले भने कुनै पनि विवरण राखेका छैनन् ।

यसरी विवरण नराख्ने आयोजनामा माथिल्लो तामाकोशी, समृद्धि तराई मधेस सिंञ्चाइ कार्यक्रम, क्षेत्रीय व्यापारिक मार्ग विस्तार र प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोन्नती कार्यक्रमले अहिलेसम्म कुनै विवरण नपठाएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

आयोजनाहरुको समष्टीगत प्रगति कति पुग्यो ?

आयोजनाको कुल लक्ष्यको तुलनामा आयोजना संख्या
८० प्रतिशत भन्दा बढी प्रगति गर्ने आयोजना
५०–८० प्रतिशत प्रगति गर्ने आयोजना ११
५० प्रतिशतभन्दा कम प्रगति गर्ने आयोजना १७

अध्ययन अनुसार वार्षिक रुपमा चैत महिनासम्म ८० प्रतिशत भन्दा बढी प्रगति हासिल गर्ने आयोजना/कार्यक्रममा स्वास्थ्य बीमा बोर्ड, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मदन भण्डारी राजमार्ग, सघन सहरी विकास कार्यक्रम र राष्ट्रि परिचय पत्र तथा घटना दर्ता कार्यक्रम रहेका छन् ।

कुल लक्ष्यको तुलनामा ८० प्रतिशत भन्दा बढी प्रगति गर्ने आयोजनामा भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना, लुम्बिनी क्षेत्र विकास कोष, सघन सहरी विकास आयोजना छन् ।

गतिविधिका हिसावले आयोजनाहरुको अवस्था

  • कुल आयोजना : ५९
  • मुख्य क्रियाकलाप संख्या : ४६५
  • कार्य सुरु नभएको : १२४
  • काम भइरहेको : २९४
  • सम्पन्न : ४७

किन ढिला भइरहेको छ आयोजना कार्यान्वयन ?

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अनुसार आयोजना सञ्चालनको निम्ति स्रोत सुनिश्चिता नहुनु, एक्जिम बैंकलगायत बाह्र स्रोतबाट प्रतिवद्धता जनाइएको स्रोत समेत तोकिएको समयमा अर्थ मन्त्रालयबाट प्राप्त नहुनु मूख्य कारण मानिएको छ ।

बजेट रकमान्तर लगायत विषयमा अर्थ मन्त्रालयको स्पष्टता नहुँदा समेत समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ ।

आयोजना सञ्चालन पूर्व गरिनु पर्ने वातावरणीय प्रभाव अध्ययन स्वीकृतिको काम वन तथा वातावरण मन्त्रालयबाट समयमा हुन नसकेको पाइएको छ । जनशक्तिको अपर्याप्तता, संरक्षित क्षेत्रको जग्गा प्राप्तिमा समस्या, मुआब्जासहितका समस्या समेत आयोजनाले भोगिरहेका छन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?