+
+

तुलसीपुरको पहिलो निर्णय : सुकुम्बासीलाई लालपुर्जा, ज्येष्ठ नागरिकलाई एम्बुलेन्स सेवा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते १८:५८

१२ जेठ, दाङ । तुलसीपुर उपमहानगरपालिकाको प्रथम कार्यपालिका बैठकले भूमिहीन सुकुम्वासीलाई पुर्जा दिने प्रक्रिया अघि बढाउनेदेखि ज्येष्ठ नागरिक, अपाङ्गता र सुत्केरीलाई नि:शुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ ।

नवनिर्वाचित मेयर, उपमेयरसहित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ ग्रहणपछि बसेको कार्यपालिका बैठकले तत्काल सुकुम्वासीको लगत संकलन अघि बढाउँदै लालपुर्जा वितरण गर्ने पक्रिया अघि बढाउने निर्णय गरेको हो ।

त्यस्तै बैठकले ७० वर्ष पुगेका जेष्ठ नागरिक, २ महिनासम्मका शिशु र आर्थिक अवस्था कमजोर भएका सुत्केरी र अपाङ्गता भएका निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका नवनिर्वाचित मेयर टीकाराम खड्का र उपमेयर स्यानी चौधरीले पदभार गर्दै उक्त निर्णयमा हस्ताक्षर गरेका छन् ।

तुलसीपुरमा एमालेबाट मेयरमा टीकाराम खड्का र उपमेयर स्यानी चौधरीले गठबन्धनका उम्मेदवारलाई हराउँदै निर्वाचिन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?