+
+

बालेनको जितमा विश्वप्रकाशको टिप्पणी-मतदाताले हामीलाई बदलिन सन्देश दिए

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १०:४४

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरमा बालेन शाहको जितले मुलधारका दललाई बदलिन सन्देश दिएको बताएका छन् ।

जनताको काममा जननिर्वाचित मेयरलाई सघाउनु दलहरुको कर्तव्य भएको शर्माले बताए । ‘बदलिएको समय अनुरुप आफूलाई बदल्नु हामी राजनैतिक दल, नेतृत्व, व्यक्ती, प्रवृत्ति र पद्धति सबैको जिम्मेवारी हो’, सामाजिक सञ्जालमा शर्मा लेख्छन्, ‘काठमाडौ महानगरमा बालेनको विजयले हामीलाई यसका लागि जबर्जस्त दबाब सकारात्मक ढंगले दिएको छ ।’

मुख्य दलको शैली र प्रस्तुतिप्रति असन्तुष्ट मतदाताले ‘वैकल्पिक राजनीतिको नारा र दल’ नरोजेको उनले उल्लेख गरेका छन् । अवस्था प्रति रुष्ट मतदाताले व्यवस्थाको विकल्प नखोजेको शर्माको बुझाइ छ ।

वैकल्पिक राजनीतिको नारासहितको दल र उम्मेदवारको उपस्थिति मैदान हुँदासमेत बालेनलाई साथ दिएको उनले उल्लेख गरे ।

विजयी बनाइसकेपछि बालेन एक्लै हुन् या एक्लै छन् भन्ने नसोचेर जनताका काममा सघाउन शर्माले दलहरुलाई आग्रह गरेका छन् । ‘बालेनको विजय हाम्रो पराजय मात्रै होइन, उनीप्रति जनताको आशा र विश्वासको जित पनि हो’, शर्मा भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?