+
+

‘कबड्डी’ले पछ्यायो मार्भल स्टुडियोको शैली, ‘मास्टर बमकाजी’ फिल्म घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते ११:३४

काठमाडौं । ‘कबड्डी’ श्रृंखलाको नयाँ फिल्म ‘मास्टर बमकाजी’ निर्माण घोषणा भएको छ । ‘कबड्डी ४’को क्रेडिट लाइनमार्फत फिल्मको नयाँ श्रृंखलाबारे खुलासा भएको हो ।

प्रिमियरपछि अनलाइनखबरसँग कुरा गर्दै निर्देशक रामबाबु गुरुङले ‘मास्टर बमकाजी’लाई फिल्मको पहिलो ‘स्पिन-अफ’ भएको बताए । दृश्यभाषामा स्पिन-अफ भनेको कथाको परिवेशलाई कायमै राखेर खास पात्रमा आधारित फिल्म बनाउनु हो ।

स्पिन-अफलाई फिल्म समीक्षक सिक्वेलभित्रको सिक्वेल बताउँछन् । ‘स्पिन-अफ’को यो मोडेललाई हलिउड स्टुडियो मार्भल र डिज्नेले पछ्याइरहेका छन् । अहिले निर्माण भइरहेका मार्भल सिनेम्याटिक युनिभर्स त्यही स्पिन-अफको उदाहरण हो ।

‘कबड्डी’ श्रृंखलाको मुख्य पात्र बमकाजीमा केन्द्रित रहेर ‘मिस्टर बमकाजी’ बन्न लागेको हो । तर यसलाई ‘कबड्डी ५’ पनि भन्न सकिन्छ । ‘कबड्डी’मा बमकाजीको भूमिका सौगात मल्लले निर्वाह गरिरहेका छन् ।

‘बमकाजीमा काजी (दयाहाङ) हुनेछैनन् । केही समयसम्म काजी र बमकाजीबीच भेट हुनेछैन । तर कुनै बिन्दुमा पुगेर यी दुईबीच पुनः भेट हुनेछ,’ कबड्डीको नयाँ स्पिन-अफबारे निर्देशक गुरुङले भने ।

एउटा स्पष्ट तथ्य के हो भने ‘मास्टर बमकाजी’मा दयाहाङ हुनेछैनन् भने सौगात लिड रोलमा हुनेछन्, तर फिल्मको सेटिङ (परिवेश) ‘कबड्डी’ नै हुनेछ । व्यावसायिक दृष्टिकोण राखेर कबड्डी निर्माता स्पिन-अफ मोडेलतर्फ अघि बढेको अनुमान गरिएको छ । यसको संकेत निर्देशक गुरुङले बिहीबार अनलाइनखबरमा प्रकाशित अन्तर्वार्तामा पनि गरिसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?