+
+

च्याम्पियन्स लिग फाइनलपछि मानेले भविष्यबारे ‘विशेष’ जवाफ दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १३:०१

१३ जेठ, काठमाडौं । सेनेगलका सुपरस्टार स्ट्राइकर साडियो मानेले रियल मड्रिडविरुद्ध शनिवार हुने युरोपियन च्याम्पियन्स लिगको फाइनलपछि लिभरपुलमा आफ्नो भविष्यबारे ‘विशेष’ जवाफ दिने भएका छन् ।

आगामी जुनमा ३० वर्षीय मानेको लिभरपुलसँग सम्झौताको अन्ति वर्षमा प्रवेश गर्नेछ । स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिखसँग मानेको नाम जोडिँदै आएको छ ।

यद्यपी लिभरपुल भने माने क्लबमै रहनेमा विश्वस्त छ । यी फरवार्डले यस सिजन लिग कप र एफए कप जितिसकेका छन् भने सेनेगलका लागि अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेका छन् ।

‘मलाई लाग्छ अब मैले तपाईलाई जवाफ दिन सक्छु । म अहिले धेरै राम्रो महसुस गर्छु,’ मानेले भने, ‘म शनिबारको खेलमा पूर्णतया केन्द्रित छु, त्यो जवाफ मैले फाइनल अघि दिनैपर्छ । तर शनिबारसम्म पर्कनुहोस् र निश्चित रुपमा म तपाइँले सुन्न चाहनु भएको उत्कृष्ट जवाफ दिनेछु । यो विशेष छ । म तपाईले सुन्न चाहनु भएको सबैकुरा भन्नेछु ।’

मानेले थपे, ‘म जे गरिरहेको छु त्यो मलाई मन पर्छ र म आफूलाई सधैं त्याग गर्छु । म हरेक दिन पिचमा र जिममा कडा मेहनत गरिरहेको छु र अझ राम्रो हुँदै जान्छु, त्यो सबैभन्दा महत्त्वपूर्ण छ । म टोलीलाई मद्दत गर्न सक्दो प्रयास गरिरहेको छु ।’

साथी फरवार्ड मोहम्मद सलाह र रोबर्टो फिर्मिनोसँगै माने हालैका वर्षहरूमा लिभरपुलको सफलताको अभिन्न अंग बनेका छन् ।

यी तीनले क्लबलाई२०१९ मा च्याम्पियन्स लिग जिताउन र त्यसपछि अर्को सिजनमा प्रिमियर लिगको उपाधि जिताउँदै ३० वर्षे खडेरी अन्त्य गर्न सहयोग गरे ।यद्यपी तीन जनाले अर्को समरमा निस्शुल्क क्लब छोड्न सक्छन् ।

मानेले अहिले आफू च्याम्पियन्स लिगका लागि पूर्ण रूपमा केन्द्रित रहेको र यसलाई जित्न चाहेको बताए । ‘जुन मेरो र लिभरपुलका प्रशंसकहरूका लागि धेरै महत्त्वपूर्ण छ,’ उनले भने, ‘म लिभरपुलको लागि खेल जित्न सम्भव भएसम्म सबै गर्नेछु ।’

मानेका अनुसार सन् २०१८ को खेललाई बिर्सिएर फरक परिवेश र समीकरणबीच आगामी फाइनलबारे सबैको ध्यान हुनेछ ।

बालोन डी’ओर दाबेदार ?

च्याम्पियन्स लिग फाइनलमा प्रभावशाली प्रदर्शन गर्न सके मानेको लागि बालोन डी’ओर जित्ने सम्भावनालाई बढाउँछ । उनले यसअघि पेब्रुअरीमा सेनेगलका लागि उपाधि समेत जितेका थिए ।

उनी सन् १९९५ मा जर्ज वेहपछि यो अवार्ड जित्ने दोस्रो अफ्रिकी बन्ने आशामा छन्, यद्यपी सालाहले पनि अवार्डका लागि दाबेदारी दिन सक्छन् ।

‘यो साँचो हो । यदि तपाईंहरूले यो भन्नुभयो भने, म आफैंले के भन्न सक्छु ? जुन दुःखको कुरा हो,’ मानेले अफ्रिकी विजेताहरूको अभावमा भने, ‘यो कप, अफ्रिका कप अफ नेसन्स मेरो लागि सबैभन्दा ठूलो हो, यो मेरो जीवनमा मैले जितेको सबैभन्दा ठूलो ट्रफी हो, र जर्ज वेहपछि अफ्रिकी खेलाडीले बालोन डी’ओर जित्न नसक्नु दुःखको निश्चित रुपमा कुरा हो ।’

मानेको च्याम्पियन्स लिग जित्नु विशेष हुने बताए । ‘च्याम्पियन्स लिग जित्नु विशेष हुनेछ । मसँग यो फेरि खेल्ने मौका छ र हामी यसलाई जित्नको लागि सक्दो प्रयास गर्नेछौं र त्यसपछि बालोन डी’ओरको साथ के हुन्छ, हेर्नेछौं ।’

बीबीसी

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?