+
+

आरसीबीले बोलाएपछि विहे रोकेर आईपीएल खेल्न पुगेका थिए पाटिदर

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १४:००

१३ जेठ, काठमाडौं । इडेन गार्डेन रंगशालामा बुधबार २८ वर्षीय रजत पाटिदरले ५४ बलमा ११२ रनको अविजित पारी खेलेर रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)लाई आईपीएल इलिमिनेटरको ‘दुर्भाग्य’बाट जोगाए ।

जितपछि सबैले उनलाई बधाई दिँदै थिए । आरसीबी यसअघि सन् २०२० र २०२१ मा इलिमिनेटरमा पराजित हुँदै आईपीएलबाट बाहिरिएको थियो ।

आफ्नो यस अविष्मरणीय प्रदर्शनबाट उनले लामो दौडका लागि तयार भएको सन्देश दिएका छन् । रजन आईपीएलको इलिमिनेटरमा शतकीय पारी खेल्ने पहिलो अनक्याप्ड खेलाडीसमेत बने ।

वास्तवमा यी ब्याटर इडेन गार्डेनको खेलका लागि आरसीबीको स्वभाविक रोजाईमा थिएनन्। बैंग्लोरबाटै पछिल्लो संस्करणको आईपीएल खेलेका उनी सन् २०२२ को मेघा अक्सनमा विकेका थिएनन् । उनलाई यो फ्रेन्चाइज टिमले रिटेन पनि गरेको थिएन । तै पनि उनले आशा मारेका थिएनन् ।

फेब्रुअरीमा आईपीएलको मेघा अक्सनमा रजतलाई कुनै पनि टोलीले इच्छा नदेखाउँदा उनी निराश थिए । अघिल्लो संस्करणमा आरसीबीका लागि ४ खेलमा ७१ रन बनाएका उनलाई रिटेन पनि गरिएन । समाचारमा जनाइएअनुसार आईपीएलमा विक्री नभएपछि उनले ९ मे मा आफ्नो विवाह निश्चित गरेका थिए ।

उनको बुबा मनोहर पाटिदारका अनुसार एउटा सानो कार्यक्रममा परिवार र सीमित आफन्त सहभागी हुने विवाह समारोहका लागि इन्दोरमा एउटा होटल बुक गरिएको थियो । तर, रजतको भाग्यले अकैं मोड लिइरहेको थियो ।

आरसीबीका खेलाडी लवनिथ सिसोदिया चोटग्रस्त भएपछि प्रतियोगिता गुमाए । उनको स्थानमा बैंग्लोरले ३ अप्रिलमा २० लाख न्यूनतम मूल्यमा यी खेलाडीलाई टिममा बोलायो । आश्चर्यजनक रुपमा टिममा समावेश भएपछि रजतले आफ्नो विवाहको पूर्वनिर्धारित समय पर सार्ने निर्णय गरे ।

उनी अब जुलाईमा मध्यप्रदेशको रतलाम जिल्लाकी युवतीसँग विवाह गर्दैछन् । मध्यप्रदेश रणजी टिमबाट खेल्ने रजतले ६ जुनदेखि पन्जावविरुद्ध रणजी नकआउट चरणका खेलहरु खेल्नेछन् । उनका बुबाले रजतको व्यवस्तालाई आधार मानेर जुलाईमा विवाहका लागि होटल बुक गरिएको जानकारी दिएका छन् ।

रजतले आरसीबीका लागि यो सिजन ७ खेलमा १५६ को स्ट्राइक रेटमा २७५ रन बनाएका छन् । मध्यप्रदेशका यी ब्याटरले ३९ प्रथप श्रेणीको खेल खेलेका छन् । उनले ४३ लिष्ट ए र ३८ प्रथम श्रेणीको क्रिकेट खेल खेलेका छन् ।

११२ रनको अविजित पारी खेलेपछि भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीले खुसी व्यक्त गरेका थिए । आईपीएल इतिहासमै कुनै पनि खेलाडीले खेलेको सबैभन्दा उत्कृष्ट पारीमध्येको एक भएको कोहलीको टिप्पणी छ । ‘अहिलेसम्म उसले दवावमा खेलेको देखेको थिएँ । तर यसपल्ट शानदार खेले,’ कोहलीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?