
१३ जेठ, काठमाडौं । शिक्षा विकास तथा समन्वय इकाइ चितवनले शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा सबै विद्यालयमा लागू गर्न निर्देशन दिएको छ ।
इकाइले स्थानीय तहका शिक्षा प्रमुख, नेपाल शिक्षक महासंघ चितवन एवं प्याब्सन चितवनको संयुक्त बैठकबाट हप्ताको दुई दिन विदा कार्यन्वयन गर्ने÷गराउने निर्णय भएको भन्दै विद्यालयमा पत्राचार गरेको छ ।
बिहीबार स्थानीय तहका शिक्षा शाखा प्रमुख, नेपाल शिक्षक महासंघ चितवन एवं प्याब्सन चितवनको संयुक्त बैठकले विद्यालय खुल्ने हप्ताको पाँच दिन साविक बमोजिम नै बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विद्यालयमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ ।
त्यस्तै आइतबार सार्वजनिक विदा दिएका कारण अपुग हुने पाठ्यघण्टा पूरा गर्न हिउँदे , वर्षे वा अन्य विदा कटौती गर्ने निर्णय पनि बैठकले गरेको छ ।
हेर्नुहोस् सूचना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4