+
+

निजगढ विमानस्थल रोक्ने फैसला सर्वोच्चले पुनरावलोकन गरोस् : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १४ गते १२:४३

१४ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निमाण रोक्ने सर्वोच्च अदालतको फैसलालाई अनौठो र दुखद भनी टिप्पणी गरेका छन् ।

शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले यो फैसला सर्वोच्चले पुनरावलोकन गर्नुपर्ने बताए ।

सर्वोच्चको फैसला आकस्मिक रुपमा आएको भन्दै उनले जंगल नै नभएको ठाउँमा जंगल भएको दावी गरिएको र सोही आधारमा फैसला भएको टिप्पणी गरे ।

‘अन्तर्राष्ट्रिय विमानस्थल बनाउन कयौ वर्षदेखि मेहनत गर्यौं, अर्बौ खर्च पनि भयो, अहिले बडो आकस्मिक लाग्ने गरी सर्वोच्चबाट त्यहाँ गर्न हुँदैन भन्ने फैसला आयो यो बडो अनौठो पनि र दुखद पनि लाग्यो ।’

उनले पर्यावरण अध्ययन गर्ने टिमलाई अध्ययन गर्न लगाएर फैसला पुनरावलोकनतिर जानुपर्ने बताए । ‘मेरो सुझाव के छ भने पर्यावरण अध्ययन गर्ने टिम बनाएर पर्यावरणको अध्ययन गरीकन यसलाई पुनरावलोकन गर्ने सम्भावनातिर अदालतको ध्यान जाओस्’ प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?