+
+

जाँदाजाँदै पूर्व पदाधिकारीलाई सुविधाको व्यवस्था गर्न लागेकोप्रति गठबन्धनकै आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १४ गते १९:५१

१४ जेठ, पोखरा । गण्डकी प्रदेश सरकारले कार्यकालको अन्तिममा आएर पूर्व पदाधिकारीको सुविधा तथा सुरक्षाको व्यवस्था गर्न लागेपछि कास्कीका ५ दलीय गठबन्धनले विरोध गरेका छन् ।

सरकारले आर्थिक भार पर्ने गरी आफूहरूलाई समेत सुविधाको व्यवस्था गरेर बाहिरिन लागेपछि यसको चौतर्फी विरोध भइरहेको छ ।

पूर्व पदाधिकारीकाका लागि सुविधा दिन कानुनी व्यवस्था गर्न लागेपछि आफ्नै सरकारका विरूद्ध कास्कीका गठबन्धन दलले विरोध जनाउँदै आफ्नै सरकारका विरूद्ध विज्ञप्ति निकालेका हुन् ।

‘पाँच दलीय गठबन्धनले मुलुकको अर्थतन्त्रमा उतारचढाव देखिएको र आधारभूत आवश्यकतालाई सम्बोधन गर्दै विकास निर्माण कामलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्नेमा कुनै पनि नाममा सेवा सुविधा थप गर्ने कार्यलाई उचित मान्न सकिँदैन’, ५ दलीय गठबन्धनले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले गठित कार्यदललाई तुरुन्त भंग गरी जनपक्षीय काममा केन्द्रित हुन गण्डकी प्रदेश सरकारसमक्ष जोडदार माग गर्दछौं ।’

पूर्व पदाधिकारीलाई सुविधा तथा सुरक्षा उपलब्ध गराउन गण्डकीको मन्त्रिपरिषदको जेठ १२ मा बसेको बैठकले निर्णय गरेको थियो ।

कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री भएपछि गत जेठ ३० मा बसेको पहिलो मन्त्रिपरिषद बैठकले पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई सुविधा तथा सुरक्षा दिनेबारे प्रक्रिया अगाडि बढाएपछि चौतर्फी विरोध भएको थियो । विरोधपछि गुरूङलाई प्रमुख प्रतिपक्षी दलका प्रमुखकै हैसियतमा सुरक्षा दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?