+
+

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

सरकारलाई बजेट प्रस्तुत गर्ने बाटा खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १४ गते २०:३०

१४ जेठ, काठमाडौं । प्रतिनिधिसभाबाट आगामी आर्थिक बर्षको लागि संघीय संसदमा प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गरेका थिए । त्यसपछि प्रतिनिधिसभा बैठकले उक्त प्रस्ताव बहुमतले पारित गरेको हो ।

नीति तथा कार्यक्रम शुक्रबार नै राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित भइसकेको छ । दुबै सदनबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएकाले अब सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।

यसअघि सांसदहरु भीमबहादुर रावल, शेरबहादुर तामाङ, दुर्गा पौडेल र प्रेम सुवालले राखेका सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको संशोधन प्रस्ताव अस्वीकृत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?