+
+

बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते ११:०९

१५ जेठ, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । मध्याह्न १२ बजे बस्ने बैठकले आर्थिक वर्ष २०७९/८० को बजेटबारे निर्णय गर्ने छ ।

आज अपराह्न ४ बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले २०७९/८० को अनुमानित आय–व्ययको विवरण (बजेट) प्रस्तुत गर्ने छन् ।

आगामी निर्वाचन लक्षित हुने बजेटमा ज्येष्ठ नागरिक, कर्मचारी, उद्योगी–व्यवसायी, कृषक र युवालाई लक्षित गरी तलब–भत्ता वृद्धि, कर छुट, राहत, अनुदान लगायतका कार्यक्रम समेटिने स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?