
१५ जेठ, काठमाडौं । सरकारले एक वर्षभित्र एक सय बाहेक सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरेको छ । बजेट वक्तव्यमार्फत सरकारले आगामी आर्थिक वर्षमा ६ सय ५५ आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने घोषणा गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले देशभरका पुराना अस्पताल र जीर्ण भवनहरुलाई विस्थापित गरी नयाँ भवन बनाउने बताए । उनले केन्द्रीय र प्रादेशिक अस्पतालमा २० वटा जेष्ठ नागरिक वार्ड बनाउने बताए ।
मिर्गौला प्रत्यारोपण गरेका र क्यान्सरका रोगीका लागि औषधि उपचार खर्च भनी मासिक ५ हजार खर्च छुट्टयाएको बताए ।
पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान चलाउने पनि मन्त्री शर्माले घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4