+
+

‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १८:०५

१५ जेठ, काठमाडौं । स्वदेशी उत्पादन बढाउने, उक्त उत्पादन स्वदेशमै खपत गर्ने र निर्यातमा जोड दिनेगरी सरकारले नयाँ बजेटमार्फत ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ घोषणा गरेको छ ।

आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले १० वर्षे उक्त कार्यक्रमका लागि ३ अर्ब ४५ करोड रुपैयाँ बजेट छुट्ट्याएको जानकारी दिए । कार्यक्रम अन्तर्गत ‘आफ्नै उत्पादन आफ्नै उपभोग अभियान’ सञ्चालन गरिनेछ । उक्त अभियान अन्तर्गत सरकारी तथा सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था मिलाइने छ ।

आगामी दुई वर्षमा सञ्चालन गर्नेगरी यस्तो कार्यक्रममा स्वदेशी उत्पादन मुलुक उद्योगलाई प्रोत्साहन गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ ।  यस्तै स्वदेशी उद्योगको मेसिनरी आयातमा छुट र सहजीकरण गरिने छ । नव प्रवद्र्धनात्मक उद्यमीलाई प्रोत्साहन र निर्यातमा अनुदान बृद्धि यही प्याकेजमा राखिने छ । अभियान अन्र्तगत निजी क्षेत्रले सञ्चालन गरिरहेको मेक इन नेपाल र मेड इन नेपाल अभियानमा पनि सरकारले सघाउने अर्थमन्त्री शर्माले बताए ।

औद्योगिक व्यवसाय ऐनले तोकेको राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रलाई यो कार्यक्रममा अघि बढाउन लागिएको छ ।

नेपाल आत्मनिर्भर हुँदै गएको धागोमार्फत कपडा उद्योग स्थापना, उच्च मूल्यवृद्धि सहित आयातीत कच्चा पदार्थबाट जुत्ताचप्पल उद्योग स्थापना र प्रवद्र्धन, सिमेन्ट, क्लिन्कर लगायतका निर्माण सामग्री, कृषि÷खाद्यान्न, वन, हस्तकला लगायतका क्षेत्रलाई यो अभियानमा समावेश गराउने गरी गृहकार्य भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

कार्यक्रम अन्तर्गत स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन, उत्पादन वृद्धि गर्न र निर्यात एवं उपभोग वृद्धिलाई समेट्ने छ । यसका लागि कर तथा भन्सार महसुल छुट, निर्यात प्रवद्र्धन, प्रतिस्पर्धी सीप विकास, व्यावसायिक सहजीकरण, साझा भौतिक पूर्वधार जस्ता काम गरिने छ । कार्यक्रमको मुख्य उद्देश्य आत्मनिर्भर अर्थतन्त्र निर्माण हुने अर्थमन्त्री शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?