+
+

बेपत्ता जहाजको खोजी आज बिहानैबाट सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते ७:०३

१६ जेठ, काठमाडौं । हिजोदेखि हराइरहेको तारा एयरको जहाजको खोजी कार्य आज बिहानैबाट सुरु भएको छ ।

मानापाथी हिमाल र निलगिरि हिमाल तर्फ खोजी केन्द्रित गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए ।

हिजो बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर जहाज बेपत्ता भएको छ । सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार छन् । हिजो दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । आज बिहान ५ बजेदेखि फेरि खोजी कार्य सुरु गरिएको हो ।

यद्यपि मौसम प्रतिकूल भएकाले खोज्न कठिन भएको प्रजिअ शर्माले बताए । ‘पूरै बादलले ढाकेको छ, तत्काल खुल्ने सम्भावना कम छ,’ प्रजिअ शर्माले भने, ‘यद्यपि हेलिकोप्टर र पैदल दुवै तर्फबाट खोजी सुरु गरिएको छ ।’

उनका अनुसार नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली मानापाथी हिमालतर्फ र नेपाली सेनाको अर्को एउटा टोली निलगिरि हिमालतर्फ खोज्न गएको प्रजिअ शर्माले जानकारी दिए ।

उनका अनुसार एउटा हेलिकोप्टर आज बिहान ५ बजेतिर नै उडिसकेको छ । अर्को एउटा हेलिकोप्टर पनि उडाउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?