+
+

अंग्रेजी नयाँ वर्षमा पोखरा विमानस्थल सञ्चालन गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते १८:११

१६ जेठ, काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२३ जनवरी १ देखि पोखरा विमानस्थलमा सञ्चालन गर्ने तयारी भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारीका अनुसार जनवरी १ अर्थात पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गर्ने लक्ष्य अनुसार काम भैरहेको छ ।

सोमबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले पोखरा विमानस्थल सञ्चालनमा भएको ढिलाइबारे प्रश्न गरेका थिए । जवाफमा उनले पहाड काट्ने र ल्याण्डफिल्ड साइड व्यवस्थापन गर्ने काम सकेर नयाँ वर्षको सुरुवातसँगै उडान सुरुवात गर्ने तयारी रहेको जानकारी दिएका हुन् ।

सन् २०१४ को मे ३१ मा नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच पोखरा विमानस्थल निर्माणको ठेक्का सम्झौता भएको थियो । यसको निर्माण २०२१ जुन १० मा सक्ने भए पनि कोरोना महामारीका कारण एक वर्ष म्याद थपेर काम भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?