
१७ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालसँग नेपालका लागि रसियाका राजदूत असेक्सेइ नोभिकोभले भेटवार्ता गरेका छन् ।
पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा मंगलबार बिहान भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको आपसी हितबारे छलफल भएको थियो ।
नेता खनालले नेपाल र रसियाको बीचमा धेरै लामो कालदेखि समधुर सम्बन्ध रहेको र अझै विकास हुने विश्वास व्यक्त गरे ।
भेटका क्रममा राजदूत नोभिकोभले आगामी दिनमा नेपाल-रसिया सम्बन्ध अझ गहिरो र फराकिलो हुनेमा विश्वाससमेत व्यक्त गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4