+
+

विमान दुर्घटना : बाँकी शव पनि काठमाडौं ल्याइयो (तस्वीरसहित)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ जेठ १७ गते १४:५४

१७ जेठ, काठमाडौं । तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएका थप १२ जनाको शव काठमाडौं ल्याइएको छ ।

१२ जनाको शव दुर्घटनास्थलबाट काठमाडौं ल्याई त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमका लागि लगिएको तारा एयरले जनाएको छ । पहिलो चरणमा सोमबार साँझ १० जनाको शव काठमाडौं ल्याइएको थियो ।

पोस्टमार्टम पश्चात् प्रक्रियाअनुसार शव सम्बन्धित परिवारजनलाई हस्तान्तरण गरिने तारा एयरले जनाएको छ ।

आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा तारा एयरको ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा  दुर्घटनामा परेको थियो ।  विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए ।

विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्त शोकाकुल अवस्थामा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?