+
+

केरासँग किन डराउँछ भाले मुसा ? वैज्ञानिकले गरे अनौठो खुलासा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते ८:२५

काठमाडौं । वैज्ञानिकहरुले हालै एउटा अनौठो तथ्य पत्ता लगाएका छन् । उनीहरुका अनुसार मुसा केरासँग डराउँछ । केराको बासनाले मुसालाई तनाव दिने वैज्ञानिकहरुको दाबी छ ।

क्यानडाको म्याकगिल विश्वविद्यालयका शोधकर्ताहरुले मुसामा तनाव उत्पन्न गर्ने हर्मोन पत्ता लगाएका छन् ।

स्तनपान वा गर्भवती मुसाको नजिक रहेको बेला अरु मुसामा यस्तो हार्मोन उत्पन्न हुने गरेको पाइएको छ । मुसाको पिसाबमा हुने एन पेन्टाइल एसिटेट नामको यौगिकका कारण मुसामा हर्मोनल परिवर्तन सुरु भएको थियो । सोही यौगिकका कारण केरामा विशेष सुगन्ध उत्पन्न हुन्छ ।

साइन्स एडभान्सेस जर्नलमा प्रकाशित शोधका वरिष्ठ लेखक जेफ्री मोगिलका अनुसार अनुसन्धानका क्रममा प्रयोगशालामा एक गर्भवती मुसाको नजिकै राखिएको अर्को मुसाले अनौठो व्यवहार देखाउन सुरु गरेको थियो ।

वैज्ञानिकका अनुसार यौन सम्बन्ध कायम नगरेको भाले मुसाले खासगरी आनुवंशिक तन्दुरुस्तीलाई अगाडि बढाउनका लागि शिशु हत्या जस्तो आक्रामकता समेत प्रदर्शन गर्ने गर्दछ । त्यस्ता सम्भावित आक्रमणकारीबाट आफ्ना बच्चालाई जेगाउनका लागि गर्भवती तथा स्तनपान गराइरहेका पोथी मुसाले आफ्नो शरीरबाट विशेष रसायन उत्सर्जन गर्दछ । उक्त रसायनको गन्ध भाले लगायतका अन्य मुसालाई मन पर्दैन र उनीहरु पोथी मुसाबाट टाढा भाग्दछन् ।

वास्तवमा पोथी मुसाको पिसाबमा हुने रसायनका कारण भाले मुसाहरुमा तनावको स्तर बढ्दछ । वैज्ञानिकहरुले केराको तेलमा कपास चोपेर मुसाको पिँजडामा राखिदिए । मुसाको पिसाबमा पाइने उल्लेखित रसायन रहेको केराको तेलमा चोपेको कपासले पिँजडाका मुसाहरुमा तनावको स्तर ह्वात्तै बढाइदियो । यसबाट वैज्ञानिकहरुले मुसाहरु केरादेखि डराउने पुष्टि गरेका हुन् ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?