+
+

कामनालाई माल्दिभ्समा क्वीन अफ दि म्याच अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते १०:१५

१८ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमकी सदस्य कामना बिष्टले माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा क्वीन अफ दि म्याच अवार्ड जितेकी छन् ।

कामना सम्मिलित पुलिस क्लबले मंगलबार राति क्लब हाल्फ लाइन लिंकेजलाई ३-१ को सेटमा हराउदा कामनाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

मालेमा भएको खेलमा पुलिसले हाल्फ लाइन लिंकेजलाई २५-८, २५-३, २३-२५, २५-५ को सेटमा हरायो ।

समूह बी मा पुलिसको यो लगातार तेस्रो जित हो ।

प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ र सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?