+
+

स्कटल्याण्डसँगको खेल हाम्रा लागि फुटबलभन्दा धेरै माथि छ- युक्रेनी प्रशिक्षक

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते १३:२१

१८ जेठ, काठमाडौं । युक्रेनका लिजेण्ड फुटबलर एण्डिरी सेभ्चेन्कोले बुधबार स्कटल्याण्डविरुद्ध हुने विश्वकप छनोट प्लेअफ सेमिफाइनल आफूहरुका लागि ‘एक फुटबल म्याचभन्दा धेरै माथि’ रहेको टिप्पणी गरेका छन् ।

सन् १९९१ मा स्वतन्त्र भएपछि युक्रेन दोस्रोपल्ट विश्वकप खेल्ने लक्ष्यमा छ । उनीहरुले पछिल्लोपल्ट सन् २००६ को विश्वकप खेलेका थिए । त्यतिबेला क्वाटरफाइनलमा इटलीसँग पराजित भएका थिए ।

यो खेल गत मार्च २४ मा हुनुपर्ने थियो । रुस-युक्रेन युद्धका कारण विश्व फुटबल महासंघ (फिफा)ले यो खेल सार्ने निर्णय गरेको हो ।

‘स्कटल्याण्डको म्याच हाम्रो देशका लागि आशा हो,’ चेल्सीका पूर्व स्ट्राइकरसमेत रहेका सेभ्चेन्को होल राष्ट्रिय टोलीका प्रशिक्षक हुन्, ‘विश्वकपमा पुग्नु अहिले पनि युक्रेनका लागि धेरै महत्वपूर्ण छ ।’

‘हामी अविश्वसनीय प्रेरणामा उत्रिँदैछौं । मेरो विचारमा हामीले परिणामलाई टाढा राखेर अहिले केवल खेलमा ध्यान केन्दि्रत गर्नुपर्नेछ,’ उनले थपे, ‘हामीले हाम्रा समर्थकका लागि, समग्र युक्रेनका लागि, घरका मानिसका लागि, देशको रक्षा गर्नेहरुका लागि र देश देश छाड्न बाध्य हुनेहरुका लागि खेल्न जरुरी छ ।’

स्टकल्याण्डको ग्लास्गोमा हुने यो खेलको विजेताले आइतबार कार्डिफमा हुने प्लेअफ फाइनलमा वेल्सको सामना गर्नेछ । फाइनल जित्ने टिम नोभेम्बरमा हुने विश्वकपका लागि कतार भ्रमण गर्नेछ ।

‘मलाई थाहा छ । ग्लास्गोको रंगशाला स्कटिस समर्थकले भरिएको हुनेछ । तर, संसारभरबाट हामीलाई हेरिरहेका फुटबल समर्थकहरुले हाम्रो जयजयकार गर्नेछन्,’ युक्रेनका लागि १११ खेलमा ४८ गोल गरेका सेभ्चेन्कोले भने, ‘हामी यो खेल जित्नेछौं र फाइनलमा वेल्सलाई हराएर विश्वकपमा छनोट हुनेमा म विश्वस्त छु । मेरा खेलाडीलाई आफूले के गर्नुपर्छ भन्ने थाहा छ ।’

सन् २०२१ को अगष्टमा सेभ्चेन्कोले जिम्मेबारी पाउनुअघिका प्रशिक्षक ओलेक्सान्द्र प्याट्राकोभले खेलाडीहरुको मनोबल उच्च रहेको बताए । ‘उनीहरुलाई प्रभावित पार्ने वा कुनै पनि कुरा गर्नु जरुरी छैन । उनीहरु अनुभवी छन् र सबैकुरा राम्ररी बुझेका छन्,’ उनले भने ।

तर, युक्रेनले राम्रो तयारी गर्न पाएको छैन । देश युद्धग्रस्त हुँदा उनीहरुले अर्को देशमा बसेर तयारी गर्नुपरेको छ । युक्रेनमा रहेका खेलाडीहरुले पछिल्लो एक महिनादेखि स्लोभेनियामा प्रशिक्षण गरिरहेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?