+
+

लेटरप्याड र छापको दुरुपयोग गरेको भन्दै पोखरा नगर सभापतिले सोधे सचिवलाई स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते १८:३६

१९ जेठ, पोखरा । पार्टीको आधिकारिक निर्णयबेगर लेडरप्याड र छापको दुरुपयोग गरेर विज्ञप्ति निकालेको भन्दै नेपाली कांग्रेस पोखरा महानगर कमिटीका सभापति सुरेन्द्रमान बिजुक्छेंले सचिव गणेशबहादुर थापालाई स्पष्टीकरण सोधेका छन् ।

स्थानीय तहको निर्वाचनपछि थापाले मतदातालाई आभार व्यक्त गर्दै विज्ञप्ति निकालेका थिए । महानगर कार्यसमितिको कार्यसम्पादन समिति बैठकमार्फत सभापति बिजुक्छेंले सचिव थापालाई स्पष्टिकरण सोधेका हुन् ।

सचिव थापाले गत सोमबार महानगर समितिका तर्फबाट भन्दै विज्ञप्ती जारी गरेका थिए । पार्टी अनुशासन उल्लंघनको कारबाही अघि बढाउन ७ दिनभित्र लिखित स्पष्टिकरण दिनसमेत सभापति बिजुक्छेंले भनेका छन् ।

पार्टीको लेटरप्याड र छापको अनधिकृत प्रयोग गरेको, संस्थागत धारणा भनेर अनुशासनको ठाडो उल्लंघन गरेको, पार्टी पदाधिकारी र समितिमा छलफल बिना विज्ञप्ती निकालेर कार्यसमितिको मानमर्दन गरेको, पार्टीको विधान उल्लङ्घन गरेको लगायतका आरोप विजुक्छेले लगाएका छन् ।

‘नेपाली कांग्रेसको विधान र नियमावलीअनुसार तपाईं उपर अनुशासन उल्लंघनको कारबाही किन अगाडि नबढाउने ?’ स्पष्टीकरण सोधिएको पत्रमा भनिएको छ ‘यदी अनुशासनको कारबाही नगर्नुपर्ने भए सोको कारणसहित ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्नुहोला ।’

सचिव थापाले भने मतदातालाई आधार व्यक्त गर्दा स्पष्टीकरण सोधिएको र निर्धारित समयभित्रै स्पष्टिकरण पत्र बुझाउने बताएका छन् । ‘पोखराका मतदातालाई किन धन्यवाद दिएको, पोखराको विकासको जिम्मा कांग्रेसले लिन्छ भनेर किन प्रतिवद्धता जारी गरेको भनेर स्पष्टिकरण सोध्नुभएको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘ढुक्क हुनुस्, सभापति ज्यु, निर्धारित समयभित्र सार्वजनिक रुपमा स्पष्टीकरण पाउनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?