+
+

भारतीय र बंगलादेशी पर्यटकलाई लक्षित गरी ‘समर टुरिजम क्याम्पेन’ सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते १४:५५

१९ जेठ, काठमाडौं । नेपाल उद्योग परिसंघले भारतीय र बंगलादेशी पर्यटकलाई लक्षित गरी ‘समर टुरिजम क्याम्पेन’ सुरु गरेको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले क्याम्पेन सुरु भएको घोषणा गरेका हुन् ।

कोभिड–१९ महामारी पछि भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक समेत विस्तारै बाहिर निस्कन थालेकोले उनीहरुलाई नेपालमा आकर्षित गर्न यो अभियान सञ्चालन गरिएको  उनले बताए ।

हाल भारत एवं बंगलादेशमा निकै गर्मी छ । गर्मी मौसममा उनीहरु बाहिर भ्रमण गर्न निस्कन खोजिरहेको बेला नेपाललाई नै गन्तव्य बनाउन यो अभियानले आकर्षित गर्ने उनको विश्वास छ ।

यो अभियानले भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक भित्र्याउन पनि महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजबहादुर शाहले भारत र बंगलादेशको उच्च गर्मीबाट शीतलता खोजिरहेका भारतीय र बंगलादेशी पर्यटकका लागि नेपालको मौसम अनुकूल रहेकाले यो अभियानले उनीहरुलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे ।

परिसंघका महानिर्देशक दीपकराज जोशीले भारत र बंगलादेशमा रहेका परिसंघको नेटवर्कबाट पनि यो अभियान प्रवर्द्धन गरिने बताए ।

परिसंघको पर्यटन समिति सभापति पम्फा धमलाले नजिकको छिमेकीबाट यो अभियान सञ्चालन गर्न लागिएको जानकारी गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?