+
+

ओस्कार मनोनित फिल्ममेकरले काठमाडौंमा डकुमेन्ट्री निर्माणको तालिम दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते १४:३६
किम्फका अध्यक्ष वसन्त थापा । फाइल तस्वीर

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (किम्फ) र अमेरिकी दूतावासको सहकार्यमा चारदिने डकुमेन्ट्री फिल्म कार्यशाला आयोजना हुने भएको छ । किम्फले शुक्रबार विज्ञप्ति जारी गर्दै जेठ २४ देखि २७ गतेसम्म ग्लोबल मिडिया मेकर्स डकुमेन्ट्री फिल्म वर्कसप हुने जनाएको हो ।

१४ जना नेपाली फिल्ममेकरले भाग लिने कार्यशालामा ओस्कार अवार्ड मनोनित निर्देशक बिङ लिउ र फिलिपिन्सका फिल्ममेकर रेमन डियाजले प्रशिक्षण दिने भएका छन् । कार्यशालामा डकुमेन्ट्रीको कथ्य संरचना र कथा भन्ने शैलीमा आधारित रहेर डकुमेन्ट्री निर्माणको ट्रेन्ड, शैली र पहुँचबारेको विषयवस्तुमा प्रशिक्षण दिइने भएको छ ।

प्रशिक्षकले निर्माण गरेका फिल्मको अनुभवबाट सहभागीले डकुमेन्ट्री फिल्म निर्माणको वर्तमान शैली सिक्ने आशा किम्फले लिएको छ । साथै, कार्यशैलीले सहभागीलाई आफ्नै प्रोजेक्टको डकुमेन्ट्री निर्माणमा पनि मद्दत मिल्ने आशा लिइएको छ ।

कार्यशालासँगै जुन ८ मा ललितपुरको लबिम मलमा प्रशिक्षक लिउ निर्देशित ओस्कार अवार्डमा मनोनित सन् २०१९ को फिल्म ‘माइन्डिङ द ग्याप’ समेत प्रदर्शन गरिने भएको छ । सन् २०१६ देखि सुरु भएको ग्लोबल मिडिया मेकर्स कार्यशाला अमेरिकी स्टेट डिपार्टमेन्टसँगको सहकार्यमा फिल्म इन्डिपेन्डेन्ट संस्थाले आयोजना गर्दै आइरहेको छ ।

संस्थाले फिल्म शिक्षा, तालिम, व्यावसायिक अवसरजस्ता कार्यक्रममार्फत संसारका दृश्य कथावाचकबीच सम्पर्क स्थापित गर्न कार्यशाला आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?