+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

मलेसिया जाने श्रमिकको मागपत्र कार्यान्वयन गर्न ३ महिना थप

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते १९:२५
कृष्णकुमार श्रेष्ठ/फाइल तस्वीर

२० जेठ, काठमाडौं । मलेसियामा कामदार पठाउन म्यानपावर कम्पनीले ल्याएको मागपत्रको म्याद तीन महिना थप भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गरी वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको मागपत्र प्रमाणित भई पूर्वस्वीकृति लिइसकेका तर २१ जेठमा म्याद सकिने मागपत्रको म्याद तीन महिना थप गरेका हुन् ।

कोभिड-१९ महामारीका कारण मलेसिया सरकारले प्रमाणिकरणको म्याद एक वर्ष थप गरेको र भिसा आउन समय लाग्ने भएकोले आगामी २२ भदौसम्मका लागि म्याद थप गरेको थियो ।

लकडाउनअघि म्यानपावर कम्पनीले कामदार आपूर्ति गर्न ल्याएको मागपत्रको म्याद ६ महिना थपिएको थियो ।

फागुन २०७६ अघि प्राप्त भएका मागपत्र कार्यान्वयन गर्न २२ मंसिर २०७८ देखि २१ जेठ २०७९ सम्म कायम रहने गरी ६ महिना म्याद थप गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?