+
+

ओमानसँग नेपाल पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २१ गते ८:०४

२१ जेठ, काठमाडौं । एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपाली फुटबल टोली ओमानसँगको मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।

कतारको सुहिम बिन हामद स्टेडियममा शुक्रबार राति भएको खेलमा नेपाल ओमानसँग २-० ले पराजित भएको हो । ओमानको जितमा ओमार अल मलिकी र इशाम अल सुभीले एक एक गोल गरे ।

कुवेतमा एसियन कप छनोट खेल्न जानुअघि नेपालले कतारमा तयारी गर्दै तीन वटा अभ्यास खेल खेलेको थियो ।

जसमा टिमोर लिस्टेको यू-२३ टोलीसँग २-२ गोलको बराबरी खेलेको नेपालले श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो ।

कतारमा तयारीपछि नेपाली टोली उतैबाट शनिवार कुवेत जाने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

एसियन कप छनोटमा नेपाल समूह ए मा छ । यस समूहमा जोर्डन, कुवेत र इन्डोनेसिया छन् ।

नेपालले छनोटको पहिलो खेल जुन ८ मा जोर्डनसँग खेल्नेछ भने कुवेतसँग जुन ११ र इन्डोनेसियाविरुद्ध जुन १४ मा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?