+
+

विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते ९:५४

२२ जेठ, काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय परिसरमा वृक्षरोपण गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समेतको सहभागितामा फलफूल लगायत विभिन्न जातका ८१ वटा बोटविरुवा रोपिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको सहभागिता थियो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन शर्माका अनुसार देशभरका सशस्त्र प्रहरी बलका विभिन्न इकाइहरुमा समेत वृक्षरोपणको कार्यक्रम छ ।

यसैगरी दश लाख वृक्षरोपण अभियान अन्तर्गत आज चन्द्रागिरी नगरपालिकामा पनि वृक्षरोपण कार्यक्रम हुँदैछ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?