+
+

सार्वजनिक शौचालय प्रयोग गर्न दिन इच्छुकलाई ७ दिनभित्र सम्पर्क राख्न आग्रह, महानगरले सम्झौता गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १२:०१

२२ जेठ, काठमाडौं । आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुक व्यक्ति तथा निकायहरुलाई ७ दिनभित्र सम्पर्क राख्न काठमाडौं महानगरपालिकाले आह्वान गरेको छ ।

होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघसंस्थाको शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुकहरुलाई बबरमहलस्थित सार्वजनिक निजी साझेदारी इकाइ वा महानगरपालिकाको प्रशासन विभागमा सम्पर्क राख्न भनिएको हो ।

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएपछि बसेको पहिलो बैठकले काठमाडौं महानगरभित्रका निजी शौचालयलाई पनि सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो । सो निर्णयलगत्तै कतिपयले आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरिएको सूचनासहितको बोर्ड राखेको तस्वीरहरु सार्वजनिक भएका छन् ।

तर, काठमाडौं महानगरपालिकाका प्रवक्ता बसन्त आचार्यका अनुसार यसलाई व्यवस्थित ढंगले लैजान खोजिएको छ । त्यसका लागि आफ्नो शौचालय प्रयोग गर्न दिन इच्छुकहरुसँग महानगरपालिकाले औपचारिक रुपमा सम्झौता नै गर्ने आचार्यले बताए । ‘उहाँहरुले निवेदन दिनुपर्छ,’ उनले अनलाइनखबरसँग भने, ‘उहाँहरुको शौचालय भएको स्थान, शौचालयको अवस्था सबै हेरेर उपयुक्त लाग्यो भने हामी फर्मल्ली एग्रिमेन्ट नै गर्छौं । त्यसको ढाँचा हामीले तयार पार्दैछौं ।’

आफ्नो शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न दिनेहरुले शौचालयलाई आवश्यक पर्ने पानी र सरसफाइको प्रवन्ध आफैं गर्नुपर्ने आचार्यले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?