+
+

रुपन्देही बस दुर्घटनामा मृत्यु भएका ९ मध्ये ६ जनाको सनाखत

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १५:१५

२२ जेठ, रुपन्देही। रुपन्देहीको रोहिणी गाउँपालिकामा भएको बस दुर्घटनामा मृत्यु हुने ९ जनामध्ये ६ जनाको सनाखत भएको छ ।

३३ जना सवार लु २ ख ३८४१ नम्बरको बस आइतबार विहान रोहिणी पुलबाट नदीमा खस्दा मृत्यु हुने ६ जनाको पहिचान खुलेको छ भने ३ जनाको अझै सनाखत नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्‍यु हुनेहरुमा रुपन्देहीको ओमसतिया गाउँपालिका-४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका-८ कि ३७ वर्षीया तुलसी बस्याल, तिलोत्तमा-२ योगीकुटीका ६५ वर्षीय विष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षीय दिनेश दास रहेका छन् ।

यस्तै रुपन्देहीकै बुटवल उपमहानगरपालिका-११ कालिकानगरका ४८ वर्षीय कृष्णप्रसाद बस्‍याल, भारत जनकपुरग्रामका ४० वर्षीय अरबिन्द शर्मा छन् । परिचय नखुलेका ३ पुरुष ३० देखि ४५ वर्षसम्‍मका देखिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले बताए ।

घाइतेहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?