+
+

ओलीको प्रश्न : हामी सरकारबाट हटेपछि वातावरणबारे कसले सोच्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १८:३०

२२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु सरकारबाट हटेपछि वातावरणका विषयमा चिन्ता गर्ने कोही नभएको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले वातावरण विनाशको डिलमा पुग्न लागेको उल्लेख गर्दै यसबारे केही नलेज छ कि छैन ? भनी सरकारलाई प्रश्न समेत गरे ।

विश्व वातावरण दिवसको अवसर पारेर आइतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले सरकार पैसाबाहेक अरु केही नसोच्नेहरुको हातमा पुगेको बताए ।

‘हामी सरकारबाट हटेपछि कसले कसले सोच्ने वातावरण, कसले सोच्ने अरु ? पैसाबाहेक अरु नसोच्नेहरुका हातमा सरकार पुगेपछि के को, वातावरण के को के ? त्यो सबै टुंगियो कुरा’ उनले भने ।

आफू प्रधानमन्त्री हुँदा वातावरण र जलवायु परिवर्तनको महत्व दर्शाउनका लागि अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पनि ओलीले स्मरण गरे । तर सन् २०२० मा कोभिड–१९ को महामारीका कारण सगरमाथा संवाद अघि बढ्न नसकेको उनको भनाइ छ ।

अध्यक्ष ओलीले वातावरण संरक्षणका लागि वनको भन्दा पनि हिमालको भूमिका महत्वपूर्ण हुने भएकाले विश्वका नेताहरुले नेपालको हिमालबारे चर्चा गर्नु अति जरुरी रहेको तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?