+
+

नीता र हरिहरको बिहे असार २४ मा, ‘गजनी’ भिलेन रिसेप्सनमा आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १९:२१

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारी विवाह बन्धनमा बाँधिने भएका छन् । असार अन्तिम साता आफूहरुबीच बिहे हुन लागेको नीताले जानकारी दिइन् ।

तर निकट स्रोतले चाहिं असार २४ गते दुईबीच लगनगाँठो कसिने जनाएको छ । तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले निर्माण हुन लागेको फिल्म ‘ह्रस्वदीर्घ’ छायांकनको छेकोमा विवाह गर्न लागेको हो ।

होटल याक एण्ड यतिमा विवाहको रिसेप्सन गर्ने तयारी छ । बिहेमा सहभागी हुन बलिउड अभिनेता तथा ‘ह्रस्वदीर्घ’मा भिलेनको भूमिका निर्वाह गर्ने कलाकार प्रदीपसिंह रावत नेपाल आउने भएका छन् ।

नीताले आगामी साता आफूहरुको बिहेबारे औपचारिक जानकारी दिने जानकारी दिइन् । ‘असार अन्तिममा बिहे हुने निश्चित हो । ठ्याक्कै यही मिति भन्ने छैन । आगामी साता यसबारे जानकारी गराउँछौं,’ नीताले अनलाइनखबरलाई भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?