+
+

बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते ८:४९

२३ जेठ, काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका १२ चप्परगौडीमा दुई ओटा मोटरसाइकल आपसमा ठोक्किंदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

चप्परगौडीबाट कोहलपुरतर्फ जाँदै गरेको भे १२ प ३३९८ र विपरीत दिशाबाट आँउदै गरेको भे ११ प ११८१ नम्बरको मोटरसाइकल गएराति पौने १२ बजे आपसमा ठोकिएका थिए ।

दुर्घटनामा गम्भिर घाइते भएका ३३९८ नम्बरका मोटरसाइकल चालक कोहलपुर नगरपालिका–२, बाँकेका २९ वर्षीय खड्क गुरुङको उपचारको क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकल पछाडि सवार कोहलपुर २ का २९ वर्षीय राम बहादुर घले र अर्का मोटरसाइकल चालक सुर्खेतको लेकबेसी नगरपालपालिका ८ का ३८ वर्षीय दल बहादुर सारु घाइते छन् । उनीहरुको उपचार नेपालगञ्ज मेडिकल कलेजमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?