+
+

कर्णाली सरकारको नीति तथा कार्यक्रम मंगलबार

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते ११:३२

२३ जेष्ठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मंगलबार प्रदेश सभामा पेस गर्ने तयारी गरेको छ ।

सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्नेछन् । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी सरकारको छ ।

यसपटक कार्यान्वयनमुखि योजना मात्रै बजेटमा समावेश गर्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले बताए । प्रदेश सरकारले विगतका अधुरा आयोजना कार्यान्वयन गर्ने नीति अपनाएको छ ।

‘यसअघिका थुप्रै आयोजनाहरू अधुरा छन् । ती आयोजनालाई मुर्तरुप दिनका लागि नयाँ योजना थप्नेभन्दा पुरानै योजनामा बजेट थप्ने र कार्यान्वयन गर्ने सरकारको तयारी छ,’ उनले भने ।

मन्त्री विष्टका अनुसार आगामी आर्थिक वर्षका लागि ल्याइने बजेट विगतभन्दा केही घटेर आउने छ ।

मन्त्री विष्टका अनुसार आयोजना बैंक स्थापना गरी सोही बैंकमा रहेका आयोजनाहरू मध्येबाट प्राथमिकताका आधारमा नयाँ आयोजना छनोट गरी स्रोत विनियोजन गरिनेछ ।

प्रदेश सरकारले आगामी वर्ष नयाँ र दीर्घकालीन महत्वका आयोजना प्रस्ताव गर्दा सोको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय अध्ययनको आधारमा वहुवर्षीय आयोजनाको रुपमा स्वीकृत गरी कार्यान्वयन गर्ने नीति पनि लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?