+
+

कर्पोरेट क्षेत्रमा टियागो गाडीको माग बढ्दो, के भन्छन् उपभोक्ताहरू ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १३:११

 

काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सका गाडीको माग उच्च रहेको कम्पनीले बताएको छ । ग्राहकहरुको रोजाइमा टाटा मोटर्सका गाडी परेसँगै यसलवे नयाँ उचाइ पाइरहेको छ । विभिन्न श्रेणीमा कम्पनीको विभिन्न मोडलहरू ग्राहकको रोजाइमा परेसँगै टाटा मोटर्सको ह्याचब्यागदेखि एसयूभीसम्मले प्रतिस्पर्धात्मक बजार पाइरहेको कम्पनीले बताएको छ ।

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिका अनुसार कम्पनीको बजार विस्तार तीब्र गतिमा भइरहेको छ । सिप्रदीका अनुसार टाटाको विभिन्न मोडलमध्ये टियागो विशेष रुपमा कर्पोरेट क्षेत्रमा रुचाइएको गाडी हो । यो ह्याचब्याग सुरक्षित हुनुका साथै आकर्षक र आरामदायी भएका कारण कार्पोरेट क्षेत्रमा अत्यधिक रुचाइएको कम्पनीको भनाइ छ । ह्याचब्यागमध्ये टाटाको टियागोको मासिक बिक्रीदर पनि उच्च रहेको र यसले राम्रो बजार हिस्सा ओगटेको कम्पनीको दाबी छ ।

यो गाडीको बाहिरी आवरण, डिजाइन र स्टाइललाई मात्र नहेरी सुरक्षित समेत बनाइएको र ह्याचब्याग संस्करणमा रहेको टियागोमा ग्राउन्ड क्लेरेन्स र पावरमा विशेष जोड दिइएका कारण ग्राहकको रोजाइमा पर्न गएको कम्पनीको भनाइ छ ।

टियागो बजेटमैत्री भएको, यसले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा ४ स्टार पाएको र धेरैले यो गाडीलाई आफ्नो पहिलो कारको रूपमा लिने गरेको कम्पनीको भनाइ छ ।

हिमालयन बैंक लिमिटेडको आइटीका सहायक प्रबन्धक मनोज राजकर्नीकार गाडीमा दिइएको सुरक्षा रेटिङले निर्धक्क रूपमा गाडी चलाउन विश्वास दिएको बताउँछन् । टियागोमा उत्तम ड्राइभिङ अनुभवका साथ ढुक्कसँग सुरक्षित र आरामदायी यात्रा गर्न सकिने उनको अनुभव ।
गाडीमा भएको सुरक्षासँगै यसको आन्तरिक विशेषताहरूले पनि लोभ्याएको उनी बताउँछन् ।

आईएमई लाइफका पोखरा क्लस्टर प्रमुख कृष्ण पौडेल पनि टियागोमा भएको ब्लुटुथ म्युजिकदेखि सन्तुष्ट छन् । उनी आफूलाई यो फिचरसँगै स्टेरिङबाटै फोन उठाउन सक्ने प्रविधि पनि मनपर्ने बताउँछन् ।

नेपाल एसबीआई बैंक दाङका शाखा प्रबन्धक सञ्जीव ढुंगेल पनि टाटा टियागो पारिवारिक गाडी रहेको बताउँछन् ।

प्रभु बैंक झापाका शाखा प्रबन्धक उपेन्द्र नेपाल १२०० सीसीको कारमध्ये टाटा टियागो निकै अब्बल र राजमार्गहरूका लागि समेत उपयुक्त रहेको बताउँछन्। ‘टाटा टियागोमा उपभोक्ताले चाहके विशेषताहरू छन् ।

टाटा टियागोमा १७० एमएम ग्राउन्ड क्लेरेन्स र २४०० एमएम ह्विलबेस छ । यसमा ११९९ सिसी डिस्प्लेसमेन्ट दिइएको छ भने १.२ लिटर रिपोट्रोन, ३ सिलिन्डर पेट्रोल इन्जिन जडित छ । यो इन्जिनले ६,००० आरपिएममा ८६ पीएस पावर र ३,३०० आरपीएममा ११३ एनएम टर्क जेनेरेट गर्ने कम्पनीको भनाइ छ ।

टियागो पाँच स्पिड म्यानुअल ट्रान्समिसन र पाँच स्पिड एड्भान्स्ड अटोमेडेड म्यानुअल ट्रान्समिसन विकल्पमा उपलब्ध रहेको कम्पनीको भनाइ छ।

सानिमा बैंक लिमिटेडका इन्टर्नल अडिट उपप्रमुख सबिता ढकालको पहिलो रोजाइ पनि टाटा टियागो नै हो । उनलाई कारण सोध्दा गाडीमा बढी ग्राउन्ड क्लेरेन्स भएको, ड्राइभिङ अनुभव पनि सहज भएको र यसको डिजाइन पनि राम्रो भएको बताउँछिन् । उनी भन्छिन्, ‘टियागोमा गियर सिफ्टिङ पनि सहज छ । स्टेरिङ कन्ट्रोल समेत आरामले गर्न सकिन्छ । त्यसैले टियागो मेरो रोजाइको गाडी हो ।’

नबिल बैंकका क्रेडिट प्रशासनका प्रमुख रवीन बरिया टियागोको आन्तरिक विशेषता आकर्षक लागेको बताउँछन् । ‘टियागोको आन्तरिक डिजाइन प्रिमियम छ,’ उनले भने, ‘टियागोको ड्यासबोर्ड डुअल टोनमा छ । भित्र यात्रु तथा चालकको लागि पर्याप्त ठाउँ दिइएको छ । ड्राइभर सिट पनि आफू अनुकुल मिलाउन सकिन्छ । गाडीको अगाडि भागका सिटहरूमा हेडरेस्ट छ। यसमा कुल्ड ग्लोबबक्स र बीचमा कप होल्डर पनि छ ।’

टाटा पेसेन्जर भेइकल बिजनेस युनिटका सेल्स तथा मार्केटिङका प्रमुख शावन्तजंग सिंजापतिका अनुसार पनि ग्राहकहरूको रोजाइ विशेषतयाः सुरक्षित सावरीतर्फ रहेको बताउँछन् । उनले टियागो सुरक्षित गाडी भएकाले धेरै ग्राहकहरू यसमा आकर्षित भएको बताए।

नेपाली बजारमा टाटाको टियागो एक्सई, एक्सटी, एक्सजेड, एक्सजेडए, एक्सजेड प्लस र एक्सजेडए भेरियन्टमा उपलब्ध रहेको कम्पनीको भनाइ छ । ग्राहकहरूले रातो, निलो, सेतो र ग्रे कलरमध्ये आफूलाई मनपर्ने रंगमा टियागो खरिद गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?